नेपाल ज्योतिष परिषद्को ज्योतिष डाइरेक्टरी शीघ्र प्रकाशन हुदैछ । – (फारमको नमूना, रकम जम्माको लागि रा.वा.बैंकको क्यूआर कोड समेत यसैमा पनि संलग्न गरिएको छ ।)

“मौका आउँछ पर्खिदैन त्यसमा चुक्नु महाँभूल हो“ हाम्रो आग्रह 🙏आजीवन सदस्यज्यूहरु कोही न छुटौं । कोही न भुलौं ॥

नेपाल ज्योतिष परिषद् केन्द्रीय कार्यालयको तत्त्वावधानमा तथा नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेशको आयोजनामा ६ महिने माध्यमिकतह ज्योतिष प्रशिक्षण कार्यक्रम भर्चुअल माध्यमबाटसञ्चालन हुने ।

नेपाल ज्योतिष परिषद् रुकुमु (पूर्व) जिल्लामा गाउँपालिका इकाई समिति गठन भएको छ ।

मिति २०८०।०४।०४ गते बिहिबार नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश, रुकुम (पूर्व) जिल्ला समिति अन्तर्गत भूमे गाउँपालिकामा ज्यो. चेताराम उपाध्यायको अध्यक्षतामा परिषद्को इकाई समिति गठन भएको छ । गठित समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना । – ज्यो. माधवराज पाण्डे, केन्द्रीय अध्यक्ष