श्री नेपाल ज्योतिष परिषद्,
केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यज्यूहरु,
केन्द्रीय सल्लाहकार मण्डलका प्रमुख तथा सदस्यज्यूहरु
प्रदेश समितिका पदाधिकारी तथा सदस्यज्यूहरु,
उपत्यका समितिका पदाधिकारी तथा सदस्यज्यूहरु
जिल्ला समितिका पदाधिकारी तथा सदस्यज्यूहरु,
आजिवन सदस्यज्यूहरु लगायत सराकार राख्ने सबै महानुभाव हरु
नेपाल ज्योतिष परिषद् केन्द्रीय कार्यसमिति(सचिवालय समिति) को वैठकको निणर्य अनुसार नेपाल ज्योतिष परिषद् केन्द्रीय समितिको वैठक एवं परिषद्को २४औं वार्षिक अधिवेशन (साधारणसभा) निम्न मिति र स्थानमा हुने भएकोले सरोकार राख्ने सबैलाई यसै सूचनालाई आधार मानि उपस्थित भईदिनहुन हार्दिक अनुरोध गर्दछु । साथै उक्त दिन परिषद्को आधिकारिक वेवसाईट(WebSite) पनि सार्वजनिक गरिने व्यहोरा जानकारी गराइन्छ ।
कार्यक्रम हुने मिति र स्थान
स्थान ः लर्ड प्यालेस (LORD PALACE), टोखा न.पा.-०७, सामाखुशीचोकबाट ग्राण्डी अस्पताल जाने बाटो, काठमाडौं । (नेपाल ज्योतिष परिषद्को केन्द्रीय कार्यालय भवन निर्माण स्थल नजिकै)
समय : दिनको ठीक १०।०० बजे ।
मिति : २०७९/०५/२० गते सोमवार ।
महासचिव
कमल प्रसाद काफ्ले
